Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/१६ गते
    ९१ पटक
    कोहलपुर ।

    बाँकेको कोहलपुरमा स्कुल बसले अटोलाई ठक्कर दिदा तीन जना घाइते भएका छन् । कृषि बजार नजिकै सोमबार बिहान भे १ ख २१६७ नम्बरको स्कुल बसले भे १ ह ५३८ नम्बरको अटो रिक्सालाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा परेर अटोमा सवार तीन जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

    घाइते हुनेहरुमा कोहलपुर नगरपालिका ११ का रामदेव थारु, सोही ठाउँकी यमकुमारी चौधरी र बर्दिया गुलरिया नगरपालिका १ का खगेन्द्र ओली रहेका छन् ।

    घाइते तीनै जना नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार पश्चात घर फर्किएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्