Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/१६ गते
    ७५ पटक
    बर्दिया ।

    सोमबार बिहान गुलरिया राजापुर हुलाकी सडक अन्तर्गत मधुवन नगरपालिका र गुलरिया नगरपालिका सिमा क्षेत्रमा ना १ क ६७६८ को टिप्परले साईकल सवार महिलालाई ठक्कर दिदा गम्भीर घाईते भएकि छिन ।

    सडक निर्माण गरिरहेको कम्पनी गणपति ग्रुप अफ कन्ट्रक्संनको टिप्परले ठक्कर दिएपछि घाइते महिलालाई उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

    पद्नाहा घर भई हाल गुलरिया नगरपालिका स्थित १६ नम्बर गाँउमा बस्ने धनमाया चौधरीले चलाएको साइकललार्इ ठक्कर दिदा उनीसँगै उनको बालक भएको स्थानियले वताएपछि खोजि कार्यमा तीब्र भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्