Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/१५ गते
    ६४ पटक
    हुम्ला ।

    हुम्लाको खार्पूनाथ गाउँपालिका उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेद्वार रुपा शाही विजयी भएकी छन् ।

    नेकपा उम्मेदवार शाहीले १४५४ ल्याइन भने उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी तारा शाहीले १३५८ मत ल्याइन् ।

    यसअघि गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार सिन्धु हमाल विजयी भएकी थिइन् । उनले १०१८ मत ल्याएकी थिइन् । नेकपाकी रुपा शाही ९५९ मत ल्याई पराजित भएकी थिइन् । उपाध्यक्ष हमालको सवारी दुर्घटनमा परी निधन भएको थियो ।

    प्रतिकृया दिनुहोस्