Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/१५ गते
    ४४ पटक
    दाङ ।

    दाङको प्रदेशसभा ३ (ख) को उपचुनावको मतगणना भइरहेको छ । पछिल्लो मतपरिणामअनुसार नेकपा झण्डै २ हजार मतले अगाडि छ ।

    नेकपाकी उम्मेदवार विमलाकुमारी खत्री (वली) ले ६ हजार २८ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइरहनु भएका कांग्रेसका उम्मेदवार केशवराज शर्माले ४ हजार ३७ मत प्राप्त गर्नुभएको छ ।

    जम्मा ६८ हजार ७ सय १९ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ७ सय १८ मत खसेको थियो । जसमा ३० हजार १ सय २८ जना पुरुष र २५ हजार ५ सय ९० जना महिलाले मतदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्