Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/१५ गते
    ७८ पटक
    सुनसरी ।

    शनिबार राति करिब १२ः२० मा सुनसरीको हरिपुरमा भएको दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

    सो स्थानमा ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको जनाइएको छ ।

    वीरगञ्जबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी सातै जनाले घटनास्थलमै ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    प्रदेश १ ट्राफिक प्रहरी प्रमुख भीम दाहालले सातै जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । मृत्यु हुने उदयपुर त्रियुगा नगरपालिका–१० का राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई रहेका छन् ।

    प्रतिकृया दिनुहोस्