Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/१५ गते
    २९ पटक
    प्यूठान

    प्यूठान नगरपालिका वडा नम्बर २ दाखाक्वाडीको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उमेद्वार मुक्ति पोख्रेल विजयी भएका छन् ।

    नेकपा र नेपाली कांग्रेसको प्रतिस्पर्धा रहेको यस वडामा नेपाली कांग्रेसका उम्मेदवार मोहन सिंह बिष्टलाई दुई सय ८४ मतको अन्तरमा पछि पारेर नेकपाका पोख्रेल विजयी भएका हुन् ।

    पोख्रेलले एक हजार एक सय २७ मत प्राप्त गरे । बिष्टले आठ सय ४३ मत प्राप्त गरेका छन् । यस वडामा २५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले जानकारी दिए ।

    यस वडामा तीन हजार २१ मतदाता रहेका थिए । जसमा एक हजार नौ सय ९५ जनाले मात्र मतदान गरेका थिए । यस वडामा राजमोले पोख्रेललाई साथ दिएको थियो । वडा अध्यक्ष खिम बहादुर बिष्टको निधन भएपछि उपनिर्वाचन भएको हो ।

    प्रतिकृया दिनुहोस्