Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/१३ गते
    ४७ पटक

    १३ औँ साग खेलकुद अन्तर्गत महिला भलिबल तर्फ नेपाल सेमिफाइलनमा प्रवेश गरेको छ।

    नेपाल समूह ए को उपवजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो। भारतले बंगलादेशलाई ३ – ० को सोझो सेटमा पराजित गरेपछि नेपालले सेमिफाइलनमा स्थान बनाएको हो।

    यसअघि नेपालले पहिलो खेलमा बंगलादेशलाई ३ – ० को सेटमा पराजित गरेको थियो। तर बिहीबार नेपाल भारतसँग ३ – ० ले स्तब्ध हुन पुगेको थियो।

    नेपालले अब सेमिफाइलनमा समूह बी को विजेतासँग प्रतिष्पर्धा गर्नेछ।

    प्रतिकृया दिनुहोस्