Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/१३ गते
    १२८ पटक
    काठमाडौं । 

    यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा जानकारी नहुँदा नेपालमा धेरै प्रकारका गलत कुराहरुको चर्चा हुने गरेको छ । यौन स्वास्थ्य भन्नाले शारीरिक, मानसिक र सामाजिक रूपले यौनिकताका सन्दर्भमा हरेक पक्षबाट सक्षम भई जीवनको कल्याण हुने अवस्थाको सृजना गराउनु भन्ने बुझिन्छ ।

    यौनिकता र यौन सम्बन्धमा सकारात्मक र सम्मानजनक दृष्टिकोणको अपेक्षा राख्दछ । यसमा कुनै जबरजस्ती वा भेदभावविनाको हिंसा रहित आनन्ददायी तथा सुरक्षित यौन व्यवहारको अनुभूति गरिन्छ ।

    किशोरावस्थाको प्रजनन स्वास्थ्य समस्या अन्य अवस्थाको भन्दा फरक हुन्छ । किशोरावस्थामा शारीरिक तथा मानसिक परिवर्तन तीव्र रूपमा हुने हुँदा किशोर किशोरीमा विभिन्न प्रकारको जिज्ञासा आउने गर्दछ । यसलाई स्वभाविक रुपमा लिने गर्नुपर्छ ।

    के रक्सी सेवनले यौन सन्तुष्टि बढ्छ ?

    हाम्रो समाजमा यौन तथा प्रजनन् क्षेत्रका विषयमा धेरै प्रकारका गलत कुराहरु सार्वजनिक हुन्छन् । युवा उमेरमा रक्सी सेवनले यौन क्षमता र सन्तुष्टि बढ्ने हल्ला धेरै नै हुन्छ ।

    विभिन्न अध्ययनअनुसार रक्सीको सेवनले यौन क्षमता र सन्तुष्टि दुवै बढ्दैन । बेलायती चिकित्सकहरुको टोलीले गरेको अध्ययनअनुसार रक्सी सेवनले दुवैजनालाई सन्तुष्टिका लागि चाहिने अन्य वातावरणको अभाव हुन्छ । त्यसैले रक्सी सेवनले यौन क्षमता र सन्तुष्टि दुवै मिल्दैन ।

    प्रतिकृया दिनुहोस्