Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/१२ गते
    ६७ पटक
    एजेन्सी । 

    एक महिलाविरुद्ध अदालतले पक्राउ आदेश जारी गरेको छ । ती महिलालाई खचाखच भएको बसको पछिल्लो सिटमा आफ्नो केटासाथीसँग शारीरिक सम्बन्ध बनाएको आरोपमा अदालतले पक्राउ आदेश जारी गरेको हो ।

    अष्ट्रेलियाको न्युसाउथ वेल्सको यो घटनामा संलग्न केटासाथी भने मानसिक रोगका कारण सजाय पाउनबाट बचेको छ । बसमा सेक्स गरेको आरोपमा ३१ वर्षीया महिला वन्डर फ्रेन्चलाई सजाय सुनाइएको छ ।

    सजाय सुनाउने बेलामा उनी अदालतमा अनुपस्थित थिइन्, त्यसैले पक्राउ पुर्जी जारी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले २९ मार्च २०१९को बिहान २४वर्षीय रयान जोन्ससँग शारीरिक सम्बन्ध बनाएकी थिइन् ।

    बसका चालकले आफ्नो मिररमा अश्लील क्रियाकलाप देखेका थिए । उनले यो जोडीलाई बसबाट झर्नका लागि आग्रह गरे । तर महिला र युवकले बस चालकलाई दुव्र्यवहार गरे ।

    प्रतिकृया दिनुहोस्