Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/९ गते
    ५६ पटक
    एजेन्सी ।

    अस्ट्रेलियामा श्रीमानको हत्या अभियोगमा एक नेपाली युवतीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ३४ बर्षीया नुमा गौतम रहेकी छिन् ।

    गौतमले आफ्ना श्रीमान ३४ बर्षीय सन्तोष गौतममाथि धारिलो हतियार प्रहार गरेको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् । अस्ट्रेलियाका संचारमाध्यमहरुका अनुसार सन्तोषलाई गहिरो चोट लागेको अवस्थामा उनको घरमा भेटिएको हो ।

    गम्भिर घाइते अवस्थामा भेटिएका सन्तोषको उपचारका लागि वेस्टमेड अस्पताल पुर्याइएको थियो तर उनलाई अस्पतालले बचाउन सकेन ।

    प्रहरीको रिपोर्टअनुसार नुमाले आफ्नो श्रीमानलाई एकपटक काँधमा चक्कुले प्रहार गरेकी थिइन् । उनको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको बताइएको छ । नुमालाई प्रहरीको निगरानीमा वेस्टमेड अस्पतालमा सामान्य उपचारका लागि लगिएको थियो ।

    परिवार र आफन्तले यो जोडी केही महिना अघिदेखि आफ्नो भिसाका कारण चिन्तित भएको बताए । अष्ट्रेलियामा थप बस्न पाउने हो होइन भनेर यी दुई चिन्तित भएको रिपोर्टमा उल्लेख छ ।

    स्थानीय नेपाली समुदायले उनीहरुको छोरीको जिम्मा लिने वचन दिएको छ ।

    प्रतिकृया दिनुहोस्