Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/९ गते
    ८५ पटक

    नेपाली चलचित्र ‘कृ’बाट अभिनयमा पाइला टेकेकी नायिका हुन्, अदिति बुढाथोकी । नायक अनमोल केसीसँग सिल्भर स्क्रिन सेयर गरेकी अदिती नेपाली चलचित्र क्षेत्रमा स्थापित हुन्छिन भन्ने धेरैको अनुमान थियो ।‘कृ’ रिलिज अगावै उनको चौतर्फी चर्चा चलेको थियो । तर कालान्तरमा उनलाई चलचित्र उद्योग फापेन । उनी यतिखेर मुम्बईमा मोडलिङमा संङर्षरत छिन् । अदिती बेलाबेला घुमघामको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्छिन् ।

    उनले केही दिन अघि इन्डोनेसियाको समुद्री तटमा मस्ती गरिरहेको फोटो पोस्ट गरेकी छिन् । उनले इन्डोनेसियाको बालीमा लिइएका केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

    नायिका साम्राज्ञीले भन्दा अघिबाटै गर्दै उनले समुद्रीतटमा बिकिनी पोज दिदैछिन् र हिट पनि छिन् । उनका ती बिकिनी तस्वीरलाई धेरैले साम्राज्ञीलाई माथ गर्ने खालका भनेका छन् ।

    चलचित्रमा खासै जम्न नसकेकी अदिती कहिलेकाँही म्युजिक भिडियोमा भने देखिने गरेकी छिन् । एकताका उनले अभिनय गरेको हिन्दी गीतको भिडियोल राम्रै चर्चा पायो ।

    प्रतिकृया दिनुहोस्