Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/८ गते
    ६४ पटक
    मेलवर्न ।

    श्रीमतीको कुटाइबाट रुपन्देहीका सन्तोष गौतमको अष्ट्रेलियामा मृत्यु भएको छ ।

    घर झगडामा श्रीमतीले धारिलो हतियार प्रयोग गरेर श्रीमानको हत्या गरेको एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले जानकारी दिए ।

    सिड्नीको ग्रान्भिलमा बसोबास गरिरहेका श्रीमान् श्रीमतीबीच शनिबार घर झगडा भएको थियो । हत्या आरोपमा सन्तोषकी श्रीमती पक्राउ परेकी छन् । उनलाई एनएसडब्लु प्रहरी फोर्सले अदालतमा पेश गर्दैछ ।

    प्रतिकृया दिनुहोस्