Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/८ गते
    ९६ पटक
    एजेन्सी । 

    भारतको मध्यप्रदेशको राजधानी भोपालमा एक बस स्टपमा फेयर कलेक्सन मेसिनमा ब्लु फिल्म लागेपछि भिडियो भाइरल बनेको छ ।

    एक यात्रीले यसको भिडियो बनाएर जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन् । उनले बनाएको भिडियो भन्दा पनि अन्य यात्रीले बनाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    भोपालको होशंगाबाद रोडमा रहेको एक बस स्टपमा फेयर कलेक्सन मेसिनमा ब्लु फिल्म चलेको थियो । यो बस स्टप भोपाल सिटी लिंक लिमिटेडले सञ्चालन गरिरहेको छ ।  भिडियो भाइरल भएपछि नगर निगम प्रशासन र सिसिसिएसमा हंगामा भएको छ ।

    उक्त बस स्टप भएर हजारौँ छात्रछात्रा यात्र गर्छन् । अहिले स्थानीय प्रशासनले साइबर अपराध अन्तरगत घटनाको अनुसन्धान गरिरहेको छ । भोपालका मेयर आलेक शर्माले गम्भीर घटनाका दोषीलाई छिट्टै कारबाही गर्ने जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्