Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/३ गते
    ९१ पटक

    खेलाडीहरूको लभ अफेयर र सेक्स स्क्यान्डलका खबर अक्सर चर्चाका विषय बन्ने गर्छन् । करोडौंको मनमा राज गरेका सेलिब्रेटीका जब निजी जीवनका उतार चढाबबाट गुज्रिएको कुरा बाहिर आउँछ भने उनीहरूका विषयमा चर्चा हुनु नौलो कुरा पनि होइन ।

    कतिपय समय खेलाडीहरू आफ्नो प्रतिभा र प्रदर्शनका कारणभन्दा पनि यस्तै पारिवारिक घटनाका कारण चर्चामा आउने गर्छन् ।

    यस्तै, कुरा रेसलर जोन सेनाको हकमा पनि लागू हुन्छ । डब्ल्यूडब्ल्यूई स्टार जोन सेनाको जीवन कुनै समय महिला रेसलर निकी बेलासँगको सम्बन्धका कारण चर्चामा आएका थिए ।

    डब्ल्यूडब्ल्यूईको कुरा गर्ने हो भने उनको नाम सबैले लिने गर्छन् । उनले १३ पटक डब्ल्यूडब्ल्यूई च्याम्पियनसिपको उपाधि जितेका छन् । आफ्नो ‘फाइटिङ र एक्टिङ’ को जादुका कारण नाम कमाए र करोडौंको मनमा बस्न सफल भए ।

    तर, उनी रेस्लिङ संसारकी एक सुन्दर महिलाका अघि हारेका थिए । रिङमा बेजोड जोन सेना ती महिलाको प्रेममा यति पागल भएका थिए कि उनले आफ्नी पत्नीलाई समेत धोखा दिए ।

    डब्ल्यूडब्ल्यूई च्याम्पियन समेत रहेकी निकीको प्रेमका कारण उनले पत्नीसँग सम्बन्ध विच्छेद गरे । दुई जनाले करिब ६ वर्ष डेटिङ गरेका थिए ।

    सन् २०१२ मा नै दुई जनाबीच डेटिङ सुरू भएको खबर आउन थालेको थियो । जोन सेनाले २०१७ मा रिङमा नै घुँडा टेकेर बसेर औंठी दिँदै विवाह प्रस्ताव गरेका थिए ।

    त्यसबेला उनकी आमासमेत उपस्थित थिइन् । तर, विवाहको तोकिएको मितिभन्दा तीन साताअघि नै बेलाले जोन सेनासँग अलग हुने निर्णय लिइन् । जोन सेना बाबु बन्न नचाहेका कारण आफूले यस्तो निर्णय लिएको उनको दाबी थियो ।

    प्रतिकृया दिनुहोस्