Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/३ गते
    ११८ पटक

    बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानको पहिलो फिल्म ‘द ग्रे पार्ट अफ ब्लू’ रिलिज भएको छ।

    सुहाना खानको यो छोटो फिल्मले निकै प्रशंसा बटुलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। फिल्ममा सुहानाको अभिनयको पनि खुब तारिफ भइरहेको छ।

    सुहाना खानले आफ्नो इन्स्टाग्राममा फिल्मको भिडिओ शेयर गर्दै आफ्नो पहिलो फिल्मको खुसीयाली मनाएकी छन्। छोटो फिल्म भए पनि यसको ‘क्रेज’ दर्शकमा निकै राम्रो परेको पनि सञ्चारमाध्यमहरूले जनाएका छन्।

    मुख्य भूमिकामा देखिएकी सुहानाको यो पहिलो फिल्म उनकै कक्षाका साथीहरूले बनाएका हुन्। यो उनीहरूको ‘प्रोजेक्ट’ हो। केही समयअघि फिल्मको पोस्टर सुहानाकै समकक्षी थ्योडोर जिमीनोले आफ्नो इन्स्टाग्राममा शेयर गरेका थिए।

    बलिउड ‘बादशाह’की छोरी सुहानाको डेब्यू फिल्मका लागि प्रशंसकहरू निकै उत्साहजनक देखिएका छन्।

    सुहाना खान आफ्ना बुबाले झैं अभिनयमा नाम कमाउन चाहन्छिन्। यसबारे शाहरुखले नै एक अन्तर्वार्तामा जानकारी दिएका थिए। सुहानाले यही वर्ष आफ्नो ग्रयाजुएसन पुरा गरेकी हुन्। यसपछि उनी फेरि थप पढाइका लागि न्युयोर्कमा छन्।

    शाखरुखले सुहानाको पढाइ सकिएपछि मात्र मूलधारका फिल्म खेल्ने बताएका छन्। मूलधारका फिल्ममा सुहाना आउन अझै केही समय लागे पनि उनी सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म छाइरहेकी हुन्छिन्।

    शाहरुखका छोरा आर्यनले पनि हालै ‘द लायन किङ’ मा सिम्बाको आवाज दिएका थिए। उनी भने फिल्ममा आउन नचाहने बताएका छन्।

    प्रतिकृया दिनुहोस्