Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/३ गते
    ११८ पटक

    फिल्म ‘सेल्फी किङ’को फष्ट लुक पोष्टर सार्वजनिक गरिएको छ। माघ २४ गतेका लागि प्रदर्शन मिति तय गर्दै निर्माण युनिटले नयाँ पोष्टर सार्वजनिक गरेको हो।

    फिल्मको पोष्टरमा अभिनेता विपिन कार्कीलाई नयाँ लुक्सकासाथ फिचर गरिएको छ।

    निर्माण युनिटका अनुसार फिल्ममा विपिन कार्की ‘सेल्फी किंङ’को नामले परिचित चर्चित टेलिभिजन हाँस्य कलाकार (टेलिभिजन)को भूमिकामा देखिने छन्। सार्वजनिक पोष्टरमा पनि विपिन पात्र ‘सेल्फि किङ’को रुपमा प्रस्तुत छन्।

    फिल्ममा कलाकारले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा भन्नेछ।

    ड्रामेडी (ड्रामा र कमेडी) जनराको फिल्मलाई बिशाल सापकोटाले निर्देशन गरेका हुन्। फिल्ममा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय। त्यस्तै अभिनेत्री केकी अधिकारीले भने फिल्ममा विशेष भूमिकामा देखिनेछिन्।

    गत वर्ष व्यवसायिक र समिक्षात्मक दुबै रुपमा सफल फिल्म ‘प्रसाद’का निर्देशक दिनेश राउत र सोही फिल्मका निर्माता सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, निर्मल लामाको कोरियोग्राफी, र उत्तम न्यौपानेको साउण्ड डिजाइन रहेको छ।

    फिल्मका सहनिर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन्।

    प्रतिकृया दिनुहोस्