Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/२ गते
    १७० पटक
    चितवन ।

    टिकौली टाँटमा आक्रोशित भीडले आगजनी गर्दा जलेर गम्भीर घाइते भएकी प्रहरी सहायक निरीक्षर्क कल्पना पौडेल प्रहरी नायब निरीक्षक बनेकी छन् ।

    जिल्ला प्रहरी कार्यालयमा पौडेललाई सोमबार चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले प्रहरी नायब निरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

    २०५५ साउनमा प्रहरी जवानबाट प्रहरी सेवामा प्रवेश गरेकी पौडेल २०६३ मा प्रहरी हवल्दार रही विभिन्न फाँटमा आफ्नो कार्यकुशलता प्रदर्शन गरेकी थिइन् ।

    उनी २०७३ मा प्रहरी सहायक निरीक्षक र २०७६ मंसिर १ गते बाट प्रहरी नायव निरीक्षकमा बढुवा भएकी हुन् ।

    प्रतिकृया दिनुहोस्