Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/७/२८ गते
    १०९ पटक

    जेन्सी । बलिउड एक्ट्रेस मानवी गगरुले हालै पिःलम उजड चमनमा अभिनय गरेकी थिइन् । उनले केह िवेृब सिरिजमा समेत लिड रोलमा अभिनय गरिसकेकी छिन् ।

    मानवीले दिएको अन्तर्वार्तामा आफूमाथि भएको घटनाको खेलासा गरेक िछिन् । बलिउडमा काम पाउनका लासग उनले निकै हण्डर खानुपरेको थियो ।

    एक अडिशनको क्रममा भएको घटना सम्झदै उनले भनिन्, एक अफिसमा अडिशनको लागि मलाई बोलाइएको थियो । अडिशन दिने क्रममा बारम्बार रेप सिन गर्न लगाइएको थियो ।

    अन्तर्वार्ताको क्रममा मानवीले भनिन्, ‘मलाई याद छ अडिशनको क्रममा मलाई एक अफिसमा यौन शोषणको सिन दिइएको थियो । उक्त रुममा २ जना मात्र मानिस थिए । र त्यहाँ एउटा बेड पनि थियो ।’

    केही समय पहिले दिएको अन्तर्वार्तामा उनले अर्को अनुभव पनि शेयर गरेकी छिन् । एक व्यक्तिसँग उनी कामको लागि कुराकानी गरिरहेकी थिइन् । तर उक्त व्यक्तिले पछि भद्दा म्यासेजहरु गर्न थालेको उनी बताउँछिन् ।

    मानवीलाई ती व्यक्तिले ‘तिमी पहिरन (कपडा)मा त यति गोरी (राम्री) देखिन्छौ, कपडाबीना झन् कस्ती देखिन्छौ होला ?’ भनेर म्यासेज गरेका थिए । त्यसपछि उक्त व्यक्तिलाई आफूले ब्लक गरेको उनले सुनाइन् ।

    मानवीले २००७ मा सिरियल भूम मचाओ धूमबाट करियर सुरु गरेकी थिइन् । उनको आगामी ‘फिल्म शुभ मंगल ज्यादा सावधान’ हो । यस फिल्ममा मानवीको साथै आयुष्मान खुराना, जितेन्द्र कुमार, नीना गुप्ता, सुनीता राजवर लगायतको अभिनय छ ।

    मानवी फिल्म उजड चमनमा सनी सिंहसँग काम गरेकी छिन् । फिल्ममा उनी मोटी महिलाको भुमिकामा प्रस्तुत भएकी छिन् ।

     

    प्रतिकृया दिनुहोस्