Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/७/२७ गते
    ७७ पटक
    एजेन्सी ।

    एक दश वर्षीया बालिकाको पेट दुखेपछि आफन्तले अस्पताल पुर्याए । अस्पतालले बालिका ८ महिनाको गर्भवती भएको जानकारी दियो । चिकित्सकले प्रहरीलाई खबर गरे । अनुसन्धानबाट खुल्यो उनका १५ वर्षीय दाजुले बलात्कार गरेका थिए ।

    अर्जेन्टीनाको पसोडास क्षेत्रको यो घटनाका बारेमा डेलीमेलले लामो रिपोर्ट सार्वजनिक गरेको छ । चिकित्सकले जाँच गरेपछि बालिकाले आफ्नै दाजुले बलात्कार गरेको बाएकी थिइन् ।

    स्थानीय कानुनअनुसार नाबालिगविरुद्ध कुनै पनि प्रकारको मुद्दा चल्दैन । तर सामाजिक बिकास विभागले भने आरोपी दाजुलाई घरपरिवारबाट छुट्टै बनाएको छ ।

    बाल बिकास विभागकी प्रमुख अना मारिया पेरिराले पीडित बालिका र उनको पेटमा रहेको बच्चाको स्वास्थ्यमा खतरा रहेको बताएकी छन् । तर बच्चा जन्मेपछि उनकी हजुरआमालाई कैद सजाय दिइने छ ।

    बालिकाकी आमालाई घरमा छोरीमाथि भएको यौंन हिंसाका बारेमा कुनै जानकारी थिएन । तर हजुरआमालाई यो घटनाका बारेमा जानकारी भएकाले उनलाई सजाय दिइने स्थानीय अधिकारीले बताएका छन् । १५ वर्षीय दाजु भने यो घटनामा दोषी नहुने स्थानीय कानुन छ ।

    प्रतिकृया दिनुहोस्