Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/७/११ गते
    १४२ पटक

    रुसको मस्कोबाट भ्लादिभोस्तोक गइरहेको विमानमा यौनकर्म गरिरहेको एक जोडीलाई पक्राउ गरिएको छ । यौनकर्मका बेलामा जोडीको भिडियो पनि बनाइएको थियो ।

    ती महिला र पुरुष रोसिया एयरलाइन्सको इकोनोमी क्लासमा यात्रा गरिरहेका थिए । स्थानीय पत्रिका कोमसोमोल्स्काया प्राव्दाको रिपोर्टअनुसार, ती दुईको भेटघाट विमानस्थलमा भएको थियो । उनीहरूको नाम खुलाइएको छैन ।

    घटनाको बेलामा उनीहरू नशामा चुर्लुम्म डुबेको बताइएको छ । रुसको गृह मन्त्रालयले जोडीलाई १५ दिनसम्म हिरासतमा राखिने बताएको छ । अनि उनीहरूमाथि जरिवाना पनि लगाउन सकिनेछ ।

    एयरहोस्टेसले यस जोडीलाई रंगेहात समातेपछि क्याप्टेनलाई खबर गरेकी थिइन् ।

    एजेन्सी

    प्रतिकृया दिनुहोस्