Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/७/१० गते
    ९५ पटक
    कोहलपुर ।

    शुक्रबारदेखि सुरु भएको प्रथम बर्दिया जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता बाँसगढी २०७६ समापन भएको छ ।

    शनिबार सम्पन्न भएको प्रतियोगितामा एकनारायण अधिकारी र सचिन चौधरीको जोडिले जितेको थियो । प्रतियोगितामा बिजेता भएको उनीहरुको जोडिले नगद १५ हजार रुपैयाँ पुरस्कार पाएको थियो ।

    सोहि प्रतियोगितामा चौधरी सर्वोउत्कृट खेलाडी र अनुसाशित खेलाडीको पुरस्कार अधिकारीले हात पार्न सफल भए । त्यसैगरी प्रतियोगितामा खिम घले र धर्मेन्द्र बमको जोडि दोस्रो तथा अनुपम न्यौपाने र संजिव महत्तोको जोडि तेस्रो भएका थिए ।

    उनीहरुले जोडिले क्रमश नगद १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा बर्दिया जिल्ला भरीका २० जोडि खेलाडिहरुले सहभागिता जनाएका थिए ।

    प्रतिकृया दिनुहोस्