Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/७/८ गते
    १०५ पटक

    फिल्म ‘सम्झना बिर्सना’ निमार्ण घोषणा गरिएको छ। अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पुजा शर्माको मुख्य अभिनय रहनेगरि फिल्मको शुभ मुहर्त सम्पन्न गरिएको हो।

    शुक्रबार काठमाडौंको भद्रकाली मन्दिर स्थित पुजा-आजा गर्दै फिल्म युनिटले औपचारिक निर्माण घोषणा गरेको हो। निमेष प्रधानको निर्देशन रहने फिल्म प्रेमकथामा आधारित हुने निमार्ण युनिटको भनाई छ।

    दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिसँगै युवा-युवतीको प्रेम प्रसंग फिल्म बोल्ने छ। आदित्य प्रधान र रेविका प्रधानको निर्माण रहेने फिल्ममा सुनिल थापा, शिशिर राणा र सिक्किमकी नव-कलाकार चाँदनी प्रधानको मुख्य अभिनय रहने छ।

    आदित्य फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘सम्झना बिर्सना’लाई शिव ढकालले खिच्नेछन्। फिल्म यही कातिक २१ गतेदेखि छायाँकनका लागि फ्लोरमा जाने तयारी रहेको निमार्ण युनिटको भनाई छ।

    प्रतिकृया दिनुहोस्