Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/७/७ गते
    ६५ पटक

    बाँकेको नेपालगन्जमा लागेको आगलागी नियन्त्रणमा अायकाे छ । अागलागि बाट एउटा सिरक गोदाम पूर्ण रुपमा जलेर खरानी भएको प्रहरीले जनाएको छ ।

    स्थानिय विपि चोकमा रहेको जनता सिरक गोदाममा विद्युत सर्ट भएर सुरु भएको आगोले नजिकै रहेको फर्निचर उद्योगमा समेत क्षती पुर्याएको बताईएकाे छ ।

    आगलागीले न्यू हिमालयन फर्निचर उद्योगमा समेत क्षती पुर्याएको छ ।

    नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मी र स्थानियको सक्रियतामा २ घण्टापछि आगलागी नियन्त्रणमा आएको छ ।

    आगलागीबाट भएको क्षतीको विवरण भोलीमात्र यकिन गर्न सकिने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले बताए ।

    ६ वटा दमकलको प्रयोग गरेर आयो नियन्त्रणमा लिईएको थियो ।

    प्रतिकृया दिनुहोस्