Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/६/२७ गते
    ८७ पटक
    नयाँदिल्ली ।

    भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ । बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई बोर्डको अध्यक्ष भएकामा बधाई दिएका छन् ।

    भारतीय क्रिकेट बोर्डको अध्यक्ष एवं अन्य पदाधिकारीका लागि उम्मेदवारी दर्ता गर्ने अक्टोबर १४ अर्थात् सोमबार अन्तिम दिन थियो । बोर्डको बैठक एवं चुनाव आगामी अक्टोबर २३ मा हुनेछ, तर अध्यक्ष पदमा गांगुलीको मात्र उम्मेदवारी परेका कारण उनी स्वतः अध्यक्षमा चयन हुनेछन् ।

    भारतीय क्रिकेटमा निकै शक्तिशाली एवं स्रोतसाधन सम्पन्न मानिने बोर्डको अध्यक्षमा अनुभवी क्रिकेट खेलाडी सौरभ गांगुलीको चयन हुनु गर्वको विषय हो, खन्नाले भनेका छन् ।

    खन्नाले बंगाल क्रिकेट संघका अध्यक्ष एवं क्रिकेट सल्लाहकार समितिका सदस्य समेत रहेका गांगुलीले भारतीय क्रिकेटलाई अझ नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

    यसैगरी ब्रिजेस पटेललाई आईपिएलको अध्यक्षमा चयन गरिएको छ । भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा अजय शाह भने बोर्डको सदस्य सचिव हुनेछन् ।

    –एएनआई/photo: navodayatimes.in

    प्रतिकृया दिनुहोस्