Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/६/२७ गते
    १३७ पटक
    एजेन्सी ।

    भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस’ १३ औं श्रृङ्खलामा आइपुग्दा विवाद उत्पन्न भएको छ। अभिनेता सलमान खानको यो शो बन्द गर्नुपर्ने दवाव सँगै कार्यक्रम सम्बन्धी विवाद बढेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

    बिग बोस बन्द गराउने दवाव भारतका विभिन्न स्थान हुँदै सलमानको घरै सम्म पुगेको छ। भारतमा उक्त कार्यक्रममा देखाईने दृष्यले अश्लिलता फैलाएको भन्दै शो नै बन्द गराउने दबाव बढेको हो। दबाव स्वरुप एक समूहले शुक्रबार मुम्बइस्थित सलमानको घरमै पुगेको सञ्चार माध्यममा उल्लेख छ। उनीहरूले सलमानको घरमा पुगेर प्रदर्शन गर्नुका साथै कार्यक्रम बन्द गराउनु पर्ने माग राखेका थिए।

    यसरी घर अगाडि पुगेका प्रदर्शनकारी मध्य २२ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ। साथै सलमानको घर आसपास क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। यो शोको राजस्थान केन्द्रित कर्नी सेनाले विरोध गर्दै आएको छ। सोही समुहका विश्व सनातन संघमा आवद्ध महासचिव सहित २२ जनलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

    सलमानले कार्यक्रमको एक शो मा नयाँ फरम्याट अनुसार ‘बेड फ्रेन्डस फरएभर’को घोषणा गरे। जहाँ केटा केटा वा केटा–केटीले एउटै ओछ्यान प्रयोग गर्नु पर्ने हुन्छ। यसै विषयलाई लिएर शोको विरोध भएको हो। बेड सेयरिङलाई भारतीय संस्कृती विरोधी मान्दै केही दिन अघिनै कर्नी सेना समुहले यसको विरोध गर्दै आएको थियो।

    सलमानको यस कार्यक्रमले भारतमा अस्लिलता फैलाएको तथा हिन्दू धर्म विपरीत कार्यक्रम चलाएको भन्दै कर्नी सेनाले भारती सूचना तथा प्रशारण मन्त्रीलाई पत्र लेख्दै शो रोक्न अपिल समेत गरेको थियो। उल्लेखित समूहले ‘बीग बोस’को मात्र बिरोध नगरेर सलमान खान अभिनित फिल्म ‘दबंग ३’को प्रदर्शन समेत रोक्ने धम्की दिदै आएका छन्।

    यता विरोध पछि कार्यक्रमको फरम्याट भने परिवर्तन गरिएको छ। बिएफएफ अथार्त ‘बेड फ्रेण्ड फरएभर’ फरम्याट हटाएको छ। यसको अर्थ कार्यक्रममा सहभागीले अब एक साथ सुत्नु पर्ने छैन।

    प्रतिकृया दिनुहोस्