Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/३/२८ गते
    ३०९ पटक

    काठमाडौं । मोडलिङ क्षेत्रमा स्थापित हुने धुनमा लागेकी प्रतिशा रिजाल २०५५ सालमा मोरङको विराटचोकमा जन्मिएकी हुन् । यी सुन्दरी हाल बस्एड अध्ययनरत छिन् । प्रतिशासँगको कुराकानी आजको राजधानी दैनिकमा छापिएको छ । कुराकानीको केही अंशः

    यो क्षेत्रमा कसरी आउनुभयो ?

    डाक्टर, नर्स, पाइलट र एयर होस्टेज बनेको भए मलाई चिन्ने सीमित मानिस हुन्थे । यो पेसामा लाग्दा मलाई धेरैले चिन्ने भएकाले यस क्षेत्रमा लागेको हुँ । म यस पेशामा लागेर आफूसँगै बाबाममीलाई समेत चिनाउन चाहन्छु ।

    सेक्स के हो ?

    सेक्स आवश्यक छ तर विवाहपछि मात्रै सेक्स गर्नुपर्छ भन्ने मेरो मान्यता हो । विवाहअघि सेक्स गर्नुहुँदैन त्यसैले मलाई सेक्सबारे खासै कुरा गर्न मन लाग्दैन आफूले माया गरेको मान्छेसँग विश्वासले सेक्स गर्दा पछुताएका धेरै केटी मैले भेटेकी छु । त्यसैले पनि विवाहअघि नो सेक्स

    पैसा तिरेर सेक्स गर्नेलाई के भन्नुहुन्छ ?

    इज्जतभन्दा ठूलो पैसा हुन सक्दैन इज्जतसँग पैसाको तुलना नै गर्न मिल्दैन । यसबाहेक मलाई भन्नु केही छैन ।

    प्रतिकृया दिनुहोस्