Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/२/२१ गते
१६१२ पटक
काठमाडौं ।

३८ क्विन्टल सुन तस्करीको अभियोगको मुख्य कारण बन्यो विमानस्थलबाट बाहिर निस्किसकेको तर गायब भएको तस्करीको साँढे ३३ किलो सुन । यदि यो सुन नहराएको भए सनम शाक्यको हत्या हुने थिएन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुन तस्करी काण्डको जालो फेला पर्ने थिएन ।

गोरे पत्नी नर्बदा खरेल निरूसँग जीवन गाथा र रक्षा भण्डारीसँग प्रेमगीत गाइरहेका हुने थिए । सनम शाक्य पत्नी सुनिता लावतीको आँखा छल्दै निशा सेन ठकुरीसँग प्रेम लापमा हुनसक्थे । एउटा समुहको रणनीतिक योजनाका कारण यस्ता सम्भावित घटनाहरू हुन पाएनन् । त्यो नहुँदा सनम शाक्यको हत्या भयो । एउटा ठूलो गिरोहका सदस्यहरू पक्राउ परे । कसैले आत्मसमर्पण गरे । यद्यपि यति ठूलो काण्ड मच्चिँदा पनि साढे ३३ किलो सुन किन पत्ता लागेन ?

आखिर साढे ३३ किलो सुन अनामनगरबाट लुट्ने खलनायकहरूको टिम कहाँ छ ? गृह मन्त्रालयको छानबिन टोली र अदालतमा निशा सेन ठकुरीले दिएको बयानलाई आधार मान्ने हो भने उनका आमाको बर्थ डे पार्टीमा आएका युवाहरूले यो काण्ड मच्चाए । तर उनीहरू कहाँ छन् ?

यस काण्डको मुख्य व्यक्ति चुडामणी उप्रेती गोरेले सनम शाक्यको हत्या स्वीकारेका छैनन् । तर लिक भएका भिडियोमा उनले गरेको केरकारलाई हेर्ने र शाक्यको बयानलाई सुन्दा निशा यस प्रकरणकी ‘खलनायिका’ जस्तै देखिन्छ । सनमले भनेका छन्,‘मैले त्यो केटीसँग लभ गर्नु नै गल्ती भयो ।’ त्यो केटी भनेकै निशा हुन् ।

छानबिन टोलीका एक सदस्यका अनुसार निशाको बयानको आधारमा अनुसन्धान गर्ने हो भने सनम शाक्य हत्याको मुल कारण उनी देखिन्छिन् । उनी र सनमबीचको सम्बन्धका विषयमा नै उनका साथी रोशन श्रेष्ठ, आकाश लामा र रमेश श्रेष्ठले थाहा नपाएको भए सुन लुटिए पनि सनम मारिने थिएनन् ।

निशा–सनम प्रेमको अंकुर
दरबारमार्गको आई क्लवमा २०७४ साल साउन २८ गते निशा–सनम भेट भयो ।

सुनको कारोबार गरी पैसा कमाएका सनमलगायत मोहन काफ्ले, नरेन्द्र कार्कीलगायत आई क्लव पुग्थे । निशा त्यहाँ मोडलिङ गर्न जाँदा सनमसँग भेट भयो ।

निशाको फोन नम्बरमा सनमले म्यासेज गर्न थाले । ‘हामी नजिक हुँदै गयौ, निजसँग नजिक भएकाले मैले तपाईँको घर कहाँ हो भनी सोध्दा मोरङको उर्लाबारी हो हाल काठमाडौँ हाडीगाउँमा डेरा गरी बस्छु भन्थे ।

म निजले मेरो कोठा जाऊँ भनेकोले म हाडीगाँउ पनि गएको थिएँ, सनम साथीहरूसँग बस्दा रहेछन्’, निशाले स्वीकारेकी छन् ।

हाँडीगाउँमा सनमसँगै कृष्ण भन्ने नरेन्द्र कार्की, मोहन काफ्ले, भविन राई, रुस्तम मिया समेतलाई निशाले देखेकी थिइन् । जसलाई गोरेले पालैपालो यातना दिँदै करेन्ट लगाएको थियो ।

सनम शाक्य, नरेन्द्र कार्की र कृष्ण बस्नेतसहित निशान धरान घुमिन् । सनमको गाउँ उर्लाबारीसम्म गइन् ।

दशैंको टिकाका दिन खलनायकहरूको भेला !
दशैको टिकाको दिन निशो आमाको जन्म दिन भएकाले हवाईजहाजबाट काठमाडौँ आइन् । ाठमाडौँ आएपछि ठमेलको होटेल बढीमा आमाको जन्मदिन मनाइन् । त्यो पार्टीमा निशाका साथी रोशन श्रेष्ठ, आकाश लामा दिदीको साथी रमेश श्रेष्ठलगायत अफिस स्टाफ तथा आमाका साथीहरू समेत थिए ।

‘मेरो फोनको वालपेपरमा मेरो र सनमको फोटो देखेपछि रमेश श्रेष्ठले यो मान्छेलाई चिन्छु भनेर भनेका थिए अनि मैले कसरी सनमलाई चिन्नु भयो भनी सोध्दा रमेशले म आफै पनि सनमहरूसँग काम गरेको तर, अहिले छाडेको कुरा भनेका हुन्’, निशाले बयानमै खुलाएकी थिइन्,‘सनमको दाइ भनिने गोरे भन्ने चुँडामणि उप्रेतीको काममा अरू केही काम नभई सुन तस्करीको काम हो भनी मैले रमेशले भनेकोले थाहा पाएकी हुँ ।’

त्यसपछि सनमले मलाई अलि होस गरेर हिँड्नु भनेका थिए, सो घटनापछि हाडीगाउँस्थित सनम र अन्य साथीहरू बस्ने घरबाट सबै सामानहरू निकाली गोरे समेतले सो घर छाडेका थिए ।

सनमले चुँडामणि उप्रेतीकै कुरा मान्ने गरेका थिए । निशाले भनेको सनम नमानेका कारण उनीहरूबीच झगडा पनि हुने गरेको थियो ।
‘त्यसपछि सनम क्रिस्मसको दिन डिसेम्बर २५ तारिख नेपाल आएका थिए ।

त्यो दिन मलाई भविन राई लिन आएकाले म र भविन सनमलाई लिन एयरपोर्ट गएका थियौं’, उनले बयानमा उल्लेख गरेकी थिइन्,‘सो दिन हामीबिच भेटघाट भई कुराकानीपश्चात् सनम भोलिपल्ट बिराटनगर प्लेनमा गएका थिए । सनम बिराटनगर गएको भएता पनि सनमसँग मेरो कुराकानी भइरहन थाल्यो ।’

निशाको बाँकी बयान यस्तो छ

सो दिन बेलुकी मलाई लिन भविन गाडी लिएर आएको थियो सो राति सनम र सनमका साथीहरू मोहन, भविन, टेकराज मल्ललगायतका तिलगंगा नजिक सुनौलो इन होटेलमा बसेको भएता पनि सनम बाहिरको खाना नखाने भएकाले म सनमलाई खाना लिएर गएको समयमा उल्लिखित साथीहरू थिए ।

म पनि सनमसँगै सो दिन सो होटेलमा पनि बसे । त्यसको २ दिनपछि गोरे भारतबाट नेपाल आएका छन् भनी मलाई सनमले भनेका थिए । गोरे नेपाल आएपछि सोही होटेलमा गोरे पनि बसी सो होटेलमा उसको अण्डरमा काम गर्ने कामदारहरूलाई गोरेले सुन लुटिएको विषयमा सोधपुछ गर्दै सुन लुटिने दिन भएका निजका कामदारहरूलाई कुटपिट गरेको कुरा सनमले मलाई भनेका थिए ।

सोधपुछकै क्रममा गोरेको डरले एक जना एयरपोर्टमा सानु वन भन्ने व्यक्तिले सुसाइड समेत गरेका थिए । त्यसपछि सनम समेत फ्रेबुअरी ३ तारिखकमा गाडीमा पूर्व गएका थिए । पूर्व जानु अगाडि मैले मेरो नामबाट सनमलाई सिम निकाली दिए । सनम पूर्व गएपछि उसको र मेरो फोन पातलो हुन थाल्यो । सनमसँग सम्पर्क हुँदा म गोरे दाइसँगै छु भन्यो । मलाई कल नगर है म अब दाइसँग हुन्छु एक महिना लागे पनि आफै कल गर्छु भनेका थिए ।

बोल्दा पनि नर्मल तरिकाले बोल्नु है ल, मैले कल नगरुन्जेल जति लागे पनि कल चाहिँ नगर है ल, बुढी रिसाइस् होला । तर, अहिले कल चाहिँ नगर्नु ल भनी नम्बरमा म्यासेज गरेपछि मैले पनि कल गरिन । मार्च १ तारिखका होलीको दिन मैले हेप्पी होली भनी म्यासेज पठाउनुको साथै मार्च २ मा फोन गर्दा फोन लागेको थियो । तर, कुरा भएन । फोन उठेन त्यसपछि फोन अफ भयो ।

त्यसको भोलिपल्ट प्रहरी आई मेरो लाजिम्पाटस्थित कोठामा खान तलासी लिए । ३३ किलो सुन कहाँ छ भनी सोधपुछ गरे । केही फेला नपरेपछि अपराध सोधपुछका लागि अपराध महाशाखा लगी मलाई सोधपुछ गर्ने क्रममा सनमको हत्या भइसकेको भन्ने कुरा मैले प्रहरीबाटै थाहा पाएकी हुँ ।

म प्रहरीमा गई सकेपछि मलाई बालकृष्ण सन्जेल सरले फोन गरी यो केसको इन्चार्ज हामी हो, टेन्सन नलिनु भन्नु भएको थियो । त्यसको एक हप्ता पछाडि निज सन्जेल सर र म दरबारमार्गमा भेट भएको थियो । सनमको मृत्यु भइसकेको कुरा थाहा पाएपछि मैले सनमको श्रीमतीलाई फोन गरी सनमको छोरी दिप्शालाई पढाई दिन्छु भनेकी थिएँ ।

www.dainiknepal.com बाट साभार गरिएको ।

प्रतिकृया दिनुहोस्