Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/२९ गते
    २६ पटक

    पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर सिनेमा ‘मारुनी’को पहिलो गीत सार्वजनिक भएको छ ।

    मंगलबार राजधानीमा आयोजीत एक कार्यक्रममा सिनेमामा समाविष्ट ‘जाम न माया जाम’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा दिपक बज्रार्चायको संगीत तथा स्वर रहेको छ । गीतका रचनाकार भने रिक्की शाक्य हुन्।

    उनले एक दशकपछि उनले सिनेमाका लागि गीत गाएका हुन् । उनले पहिलो पटक ‘बेइमानी’ सिनेमाका लागि पार्श्व गायन गरेका थिए। सार्वजनिक गीतमा एक सय बढि कोरसको साथमा मुख्य कलाकार पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहलाई फिचर्ड गरिएको छन् । यस गीतका कोरियोग्राफर प्रविन सिंह हुन्।

    नवल नेपाल निर्देशित सिनेमामा पुष्पल र साम्राज्ञीका अलावा जेविका गुरूङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाईं, बिनोद भट्टराई तथा सुशिल क्षेत्रीको मूख्य अभिनय रहेको छ।

    प्रतिकृया दिनुहोस्