Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/२७ गते
    ७० पटक
    नेपालगन्ज ।

    बाँकेको नरैनापुर गाउँपालिकाका विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री र किसानलाई उन्नत धानको बिउ वितरण गरिएको छ । प्रदेश नं. ५ सरकारको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम मार्फत उनीहरुलाई उक्त साम्रगी वितरण गरिएको हो ।

    विद्यार्थीहरुलाई शैक्षिक साम्रगी र किसानहरुलाई धानको बिउ सोही क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले वितरण गरेकी थिइन् । नरैनापुर गाउँपालिका वडा नम्बर ६ को जमुनी आधारभूत विद्यालय१ र २ कक्षाका विद्यार्थीहरु शैक्षिक साम्रगी र सोही क्षेत्रका किसानहरुलाई धानको बिउ वितरण गरिएको थियो ।

    विद्यार्थीहरुलाई झोला, पोसाक लगायतका शैक्षिक साम्रगी वितरण गरिएको थियो । आइतबार मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत नरैनापुरका १७० विद्यार्थीलाई विद्यालय जानका लागि झोला र पोषाक वितरण गरिएको हो ।

    आइतबार नै २ सय किसानलाई प्रति किसान १५ केजी उन्नतजातको धानको वीउ समेत वितरण गरिएको थियो । सांसद नमुनाका अनुसार नरैनापुर गाउँपालिकामा मात्र ४ हजार किसानलाई १५ किलोको दरले उन्नत धानको बिउ वितरण गर्ने तयारी रहेको छ ।

    आर्थिक रुपमा विपन्न परिवारका बालबालिकालाई विद्यालय जानका लागि प्रोत्साहान गर्नको लागि शैक्षिक साम्रगी वितरण गरिएको उनले बताइन् ।

    ‘पहिलो चरणमा सबैलाई उपलब्ध गराउन नसकेता पनि जसले झोला किन्न नसकेर किताव हातमा र टाउकोमा राखेर विद्यालय आउने जाने गर्छन् तिनीहरुलाई गराइएको हो’ सांसद नमुनाले भनिन्,‘अर्को चरणमा फेरी अन्य विद्यार्थीहरुलाई वितरण गरिने छ ।’

    यसरी आफ्ना मतदाताको दुःख सुखमा प्रत्यक्ष जोडिएर सेवा गर्न पाउँदा खुशी लागेका बताउँदै उनीले भनिन्, ‘अहिले धान खेतीको सिजन छ, यही सिजनको मौकामा किसानहरुलाई उन्नत जातको धानको विउ वितरण गरिएको हो ।’

    नरैनापुरका ४ हजार किसानहरुलाई प्रतिव्यक्ति १५ केजीका दरले उन्नत जातको विउ वितरण गरिने छ भने ५ सय प्रति झोला र पोसाक वितरण गरिने गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद साहले जानकारी दिए ।

    गाउँपालिकाका स्तरी कार्यक्रम संचालक समितिका सदस्य सोहनलाल यादवका अनुसार नरैनापुरमा यो कार्यक्रम लागु हुँदा यहाँका लक्षित वर्गका लागि अति सहयोगी भएको र रकम कम भए पनि यसको परिचालन र व्यवस्था प्रसंसायोग्य रहेको बताए ।

    प्रतिकृया दिनुहोस्