Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/२६ गते
    ३८ पटक
    एजेन्सी ।

    आजकाल सोसल मिडियामा मानिसहरुको सक्रियता बढ्दो छ । मानिसहरु यसमा हाँसो ठट्टा पनि गर्छन् ।

    यसै क्रममा भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ताको एउटा ट्वीट निकै रोचक छ जसमा उनले एक प्रयोगकर्तालाई हेलिकोप्टर बिना नै प्रेम प्रस्ताव राख्नुका फाइदाबारे बताइरहेका छन् ।

    ओडिशाका एक प्रयोगकर्ताले प्रधानमन्त्री मोदीलाई ट्याग गर्दै प्रेम प्रस्ताव राख्न हेलिकोप्टरको माग गरे । उनले एकपटक होइन बारम्बार ट्वीट गरे ।

    हालै भाजपाका प्रवक्ता बनेका बैजन्त जय पाण्डाले उनको यो ट्वीटमा प्रतिक्रिया दिँदै उनलाई हेलिकोप्टर नलैजान सल्लाह दिए । र हेलिकोप्टर बिना नै प्रस्ताव राख्नुका फाइदा पनि बताए ।

    पाण्डाले लेखेका छन्, ‘तपाईंले यसका लागि पटकपटक अनुरोध गर्नुभयो । तर मलाई लाग्छ तपाईंले हेलिकोप्टर बिना नै प्रस्ताव राख्नुपर्छ । किनभने उनको प्रतिक्रिया बाह्य तत्वबाट मुक्त हुनुपर्छ ।

    यद्यपि, हेलिकोप्टर बिना नै राखेको प्रस्ताव यदि स्विकार गरियो भने विवाहको दिन उनी आफैंले हेलिकोप्टरमा उडाइदिने वचन पनि दिए ।

    प्रतिकृया दिनुहोस्