Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/२५ गते
    ११० पटक
    नेपालगन्ज ।

    बाँकेमा एक जनाले आफ्नै श्रीमतीमाथि बन्चरो प्रहार गरेर प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् । जानकी गाउँपालिका वडा नम्बर ३ मानपुरका ५९ बर्षिय पंचराम हरिजनले श्रीमतीमाथि बन्चरो प्रहार गरेका हुन् ।

    शनिबार बिहान ९ बजेतिर श्रीमती ४५ बर्षीय कप्तरा हरिजनलाई बन्चरो प्रहार गरे उनी आफै बन्चरोसहित ईलाका प्रहरी कार्यालय मानपुर पुगेका थिए ।

    बन्चरो प्रहारबाट कप्तरा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । श्रीमतीले खुर्सानीको धुलो आँखामा हाल्दिएको भन्दै उनीले बन्चरो प्रहार गरेका थिए ।

    श्रीमान श्रीमती बीच दुई हप्तादेखि झगडा हुदै आएको बताईएको छ । घाइते कप्तरा लाई अहिले उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज लागिएको छ ।

    प्रतिकृया दिनुहोस्