Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/२५ गते
    २४ पटक

    न्यूयोर्क । न्युयोर्क स्टेटको यातयात विभागमा नेपाली बिधार्थी कान्डु शेर्पा सिभिल इन्जिनियरको रुपमा कार्यरत छिन् ।

    न्युयोर्कमा सिभिल इन्जिनियरको रुपमा कार्यरत केही नेपाली पुरुषहरुसँगै महिला सिभिल इन्जिनियरको रुपमा काम गर्ने कान्डु संभवत पहिलो महिला हुन् ।

    २५ बर्षीया काण्डुले इन्जिनियरिङ अध्ययनसँगै युटिका र वेष्टचेष्टरमा विजुली, पुल र बाटोको प्रोजेक्टमा इन्सपेक्टर भएर इन्टनसीप गरेकी थिइन् ।

    न्युयोर्क सिटिको यातयात विभागमा ३ बर्ष तलबमा इन्टनसीप गरिसकेकी कान्डु अहिले सिटीको सिभिल इन्जिनियर भएर लङ आइल्याण्डमा कार्यरत छिन् ।

    विशेष गरि पुरुषको बाहुल्यात रहेको सिभिल इन्जिनियरिङ पेशामा कान्डु सडक विभागको फिल्ड प्रोजेक्टमा गएर लागत अनुमान गर्ने, कार्ययोजना बनाउने र ठेक्कादारको कार्य अनुगमन गरेर इन्चार्ज इन्जिनियरलाई रिर्पोट बुझाउने कार्य गदै आइरहेकी छिन् ।

    उनी नेपालमा ७ कक्षाको अध्ययन सकेर अमेरिका आएकी थिइन् । यहा आएपछि वेष्टचेष्टरस्थित बेडफोर्डस्थित फक्सलेन हाइस्कुल सकेर युटिकास्थित सुनि पोलिटेक्निक युनिभर्सिटिबाट इन्जिनियरिङमा ब्याचरलर डिग्री पुरा गरिन् ।

    ‘ गणितप्रतिको मेरो लगाव र रुचिको कारण इन्जिनियर बन्न सफल भएँ ‘ कान्डुले भनिन् । सानोमा पुलिस वा अर्मी अफिसर हुन्छु भन्ने चाहना हाइस्कुलको अध्ययनपछि परिवर्तन भए पनि खुसी महसुस भइरहेको उनी बताउछिन् । कान्डु सोलुखुम्बु खोरिया निवासी छिरिङ शेर्पा गोर्जा खम्बाचे र आङ पेमा शेर्पाको एक्ली छोरी हुन् ।

     

     

    प्रतिकृया दिनुहोस्