Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/२३ गते
    १८ पटक
    काठमाडौं । 

    सामसङ इलेक्ट्रोनिक्स नेपालले आईसीसी क्रिकेट वर्ल्डकप २०१९को उपलक्ष्यमा विशेष योजना सार्वजनिक गरेको छ । इलेक्ट्रोनिक्सले सामसङ टिभीको खरिदमा “अनवक्स म्याजिक विथ एभरी हिट” योजना प्रस्तुत गरेको हो ।

    यस अफर अन्तर्गत सामसङका टिभिको खरिद गर्दा ४४% सम्मको क्यासव्याक प्राप्त हुनेछ । यो योजना नयाँ टिभी किन्ने ग्राहकको लागि छुटाउनै नहुने राम्रो अफरका रुपमा रहेको कम्पनीको दावी छ ।

    यस क्यास ब्याक अफरमा, ग्राहकहरुले काठमाडौंका सामसङ प्लाजा मार्फत टिभी खरिद गरि सरल किस्तावन्दीको सुबिधा समेत प्राप्त गर्न सक्नेछन् । सरल किस्तावन्दी सुविधा १२ महिना अवधिको हुनेछ ।

    सामसङ टिभीको खरिदमा २ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्नेछन् । जस अन्तर्गत टिभीमा १ वर्षको सम्पूर्ण वारेन्टी र थप १ वर्षको वारेन्टी सुविधा प्यानलमा मात्र प्राप्त हुनेछ ।

    यो अफर यही जेठ १८ गतेदेखि लागू भई असार ३० गते सम्म रहने कम्पनीले जनाएको छ । यो अफर नेपाल अधिराज्यभरिका सामसङ प्लाजा तथा हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारका डिलर सञ्जालमा आबद्ध आधिकारिका बिक्रेताहरु मार्फत प्राप्त गर्नसकिने छ ।

    प्रतिकृया दिनुहोस्