Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/२२ गते
    ११३ पटक
    काठमाण्डौ ।

    नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

    आयल निगमले बुधबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलको मूल्यमा एक रुपैयाँ प्रतिलिटरले घटाएको जानकारी दिएको छ । नेपाल आयल निगमका उप–निर्देशक विनितमणि उपाध्यायका अनुसार बुधबार राति १२ बजेदेखि पेट्रोलको साविकको मूल्यमा एक रुपैयाँ घटाइनेछ ।

    घटेको मूल्यअनुसार काठमाण्डौको थानकोट डिपोको १५ किलोमिटर परिसरसम्म पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य ११० रुपैयाँ प्रति लिटर कायम रहेको निगमले जनाएको छ ।

    डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासकाे मूल्य भने यथावत रहेकाे निगमले जनाएकाे छ

    प्रतिकृया दिनुहोस्