Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/२२ गते
    २६ पटक
    काठमाण्डौ ।

    नेपालका इस्लाम धर्मावलम्बीले भोलि बुधबार इद उल फित्र पर्व मनाउँदै छन् । इदुल फित्रका अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

    गृह मन्त्रालयले सूचना निकालेर इस्लाम धर्मावलम्बीको महान पर्व इद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
    एक महिनासम्म दिनभर पानीसमेत नखाइ व्रत बसेका मुस्लिम समुदायले अन्तिम दिन इद उल फित्र मनाउने गर्छन् ।

    इद उल फित्रलाई मुस्लिम धर्मावलम्बीले महान पर्वको रुपमा मनाउने गर्छन् ।

    सरकारले यसअघि बिहीबार इद उल फित्र पर्ने भन्दै २३ गतेका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर इद उल फित्र बुधबार नै पर्ने भएपछि सरकारले निर्णय सच्चाउँदै बुधबारका लागि बिदा दिने निर्णय गरेको हो । यसअघि प्रदेश २ ले पनि बुधबार प्रदेशभर सार्वजनिक बिदाको घोषणा गरेको थियो ।

    प्रतिकृया दिनुहोस्