Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/२० गते
    ३१० पटक
    कोहलपुर ।

    सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले झण्डै ५० लाख रुपैयाँको लागतमा कोहलपुर चौराहामा तयार गरेको पार्क आज सोमबार एक औपचारिक कार्यक्रम बीच उद्घाटन गरिने भएको छ ।

    सिद्धार्थले कोहलपुर नगरपालिकासंग सहकार्य गरेर कोहलपुर चौराहामा लाइटिङ र पानीको फोहरा सहितको पार्क निर्माण गरेको हो ।

    पूर्व–पश्चिम राजमार्ग र नेपालगन्ज सुर्खेत राजमार्ग क्रसिङ हुने चौराहामा निर्माण भएको सम्भवत नेपालकै ठुलो, भव्य र उत्कृष्ट रहेको सिद्धार्थ विजनेश गु्रपका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले जानकारी दिएका छन् ।

    नियमित मर्मत सम्भारको अभावमा जीर्ण र अलपत्र अबस्थामा रहेको पार्कलाई सिद्धार्थ गु्रपले नरपालिकासंग सहकार्य गरेर करिब ५० लाखको लागतमा पुन निर्माण गरी संचालनमा ल्याएको हो ।

    करिब १७ हजार ५ सय बर्ग फिटमा फैलिएको चौराहा पार्कको बिचमा रहेको स्तम्भमा बाघको प्रतिमा रहेको छ भने स्तम्भको तल्लो भागमा लाइटिङ सहितको पानीको फोहरा निर्माण गरिएको छ ।

    पार्क क्षेत्रमा दुबो र फुलहरु रोपेर हरियाली र आकर्षक बनाइएको छ । साझपख बत्ती बाल्दा चौराहा पार्क निक्कै आकर्षित देखिन थालेको हो । चौराहा पार्कलाई आगामी १५ बर्ष सम्म सिद्दार्थ गु्रपले नै मालीको ब्यबस्था गरेर नियमित रुपमा रेखदेख मर्मत गर्ने गरी कोहलपुर नगरपालिका र सिद्दार्थ गु्रप बिच लिखित सम्झौता भएको छ ।

    पार्कको आज साँझ सहरी विकास मन्त्री मो। इस्तियाक राईले उद्घाटन गर्नेछन् ।  सिद्धार्थ विजनेश गु्रपका क्षेत्रीय प्रबन्धक न्यौपानेले जानकारी दिएका छन् ।

    हस्पिटालिटी अफ हार्ट भन्ने भाबनाका साथ सिद्दार्थ गु्रपले होटेल, रेष्टुरेन्ट, रिसोट, बेकरी र क्याफे, होटेल म्यानेजमेन्ट इष्ट्रिच्युट जस्ता हस्पिटालिटी क्षेत्रका ब्यबसायहरु संचालन गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्