Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/१९ गते
    १०२ पटक
    भारत

    भारतको बेगूसरायको नेशनल हाइवे–२८ मा एक युवकलाई ट्रकले ठक्कर दियो । ठक्कर पछि सडकमा खसेका उनलाई ट्रकको पाङ्ग्राले कुल्चिँदा  उनको एउटा खुट्टा तिघ्राबाटै छिन्यो  । आफ्नो स्थिती देखाउन उनले श्रीमतीलाई भिडियो कलसमेत गरे ।

    प्रत्यक्षदर्शीका अनुसार युवकले इयरफोन लगाइरहेका थिए जसका कारण उनले ट्रकको हर्न सुनेनन् । दुर्घटनापछि बेहोस भएका उनलाई पुलिसले बेगूसरायस्थित अस्पताल पुर्याए तर उनलाई बचाउन सकिएन ।

    सालोको श्राद्धमा गइरहेका थिएः

    युवकको पहिचान राजाराम पण्डितको रुपमा भएको छ । राजाराम आफ्ना सालोको श्राद्धमा उपस्थित हुन ससुराली गइरहेका थिए । घटनास्थलमा पुगेका परिवारका सदस्यका अनुसार राजरामको विवाह तीन वर्ष अघि भएको थियो उनकी सात महिनाकी छोरी छिन्  ।

    प्रतिकृया दिनुहोस्