Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/१७ गते
    ४२ पटक
    काठमाडौँ ।

    पछिल्लो समय चर्चामा पुग्न सफल चर्चित गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत ‘टिकटकले डुबायो’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

    दर्जनौ चर्चित गीतहरु गाएर चर्चा कमाइ सकेका तथा देशैभर हुने मेला महोत्सबमा ब्यस्त गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको ‘टिकटकले डुबायो’ युट्युब मार्फत सार्बजनिक भएको हो ।

    म्युजिक भिडियोमा भद्रगोल टेलिचलचित्रका चर्चित पात्र सागर लम्साल (बले) तथा मोडल रक्षा श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ ।

    सार्बजनिक गीतमा वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द र चर्चित तथा ब्यस्त संगीतकार शंकर थापा स्माइलको संगीत रहेको छ । म्युजिक भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका छन् भने कोरियोग्राफी गम्बिर बिष्टको रहेको छ ।

    भिडियोलाइ निर्देशक सुब्रत राज आचार्यले आकर्षक ढंगले निर्देशन गरेका छन् ।

    प्रतिकृया दिनुहोस्