Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/१५ गते
    ५६ पटक
    काभ्रे ।

    ‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती गर्यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ ।

    फेरि पनि यौन सम्बन्धका लागि बोलायो । मैले ठाडै इन्कार गरेँ । तर उसले पहिलो सम्पर्ककै बेला भिडियो खिचेर राखेको रहेछ, त्यो देखेपछि म यौनदासी बनेर उसले जहाँ भन्छ त्यहीँ जान थालें । अहिले एक वर्ष भयो, ऊ जहाँ–जहाँ सरुवा हुँदै जान्छ म त्यहीं उसको वासना पूरा गर्न पुग्छु ।’

    बालविवाहको पीडा पनि भोगेकी १८ वर्षे किशोरीले प्रहरीलाई बयान दिंदै भनिन् । जनकपुरधाम माइती भई रौतहटको गौरमा विवाह गरी आएकी किशोरीलाई पहिला यादवले नाता जोड्दै सहयोगी व्यवहार देखाए । सहयोगको दबाबमा परेर किशोरीले शारीरिक सम्पर्क राख्न पुगेको उनको भनाइ थियो ।

    घटनामा संलग्न भनिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत नेपाल प्रहरीका सई रामविनोद राय यादवलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले जेठ ७ गते पक्राउ गरी अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी खड्काले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    प्रतिकृया दिनुहोस्