Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/९ गते
    ६४ पटक

    नीता ढुङ्गानालाई राम्रो अभिनय गर्ने नायिकाका रुपमा लिइन्छ । तर, चर्चाको हिसाबले नीता कमै चर्चामा आउँछिन् । पछिल्लो समय उनका फिल्म पनि रिलिज भएका छैनन् । अरु नायिकाहरु फिल्ममा जम्न नसके म्युजिक भिडियोमा भए पनि अभिनय गर्ने गरे पनि नीता भने म्युजिक भिडियोमा पनि खासै जम्न सकेकी छैनिन् ।

    बरु पछिल्लो समय उनी अशोक शर्माले निर्माण गर्न लागेको फिल्म ‘रातो टीका निधारमा’ मा अभिनय गर्ने भएकी छिन् । यो फिल्म दशैँको अवसर पारेर रिलिज गर्ने तयारी भइरहेको छ ।

    सामाजिक सञ्जालमा खासै उपस्थिति नदेखाउने नीताले इन्स्टाग्राममा भने तस्वीरहरु शेयर गर्ने गर्छिन् । नीताले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका केही तस्वीर हामीले यहाँ राखेका छौँ । यी तस्वीरहरुलाई फ्यानले पनि रुचाएका छन् ।

    प्रतिकृया दिनुहोस्