Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/८ गते
    ८४ पटक
    एजेन्सी ।

    भारतको अयोध्यामा सातवटा गाईलाई ‘बलात्कार’ गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

    अयोध्याको कर्तालिय बाबा आश्रममा पालिएका गाईसँग सम्भोग गर्दै गर्दा उनलाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले गाईसँग सम्भोग गरेको दृश्य सिसिटिभिमा देखेपछि आश्रमका स्वयंसेवकले पक्राउ गरेका थिए ।

    पक्राऊ गरी आश्रममा पुर्‍याएपछि ती व्यक्तिले फेरि गाईसँग सम्भोग गर्न खोजेको एक स्वंयसेवकले बताएका छन् ।

    आश्रमका स्वय‌ंसेवकले उनले गाईलाई बलात्कार गरेकाे आरोप लगाएका छन् । ती व्यक्तिले आफूले मदिरा सेवन गरी यस्तो गरेको बयान प्रहरीलाई दिएका छन् ।

    प्रतिकृया दिनुहोस्