Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/१ गते
    ६८ पटक
    बुटवल ।

    रुपन्देहीमा एक य’वती मृत अवस्थामा फेला परेकी छन् । बिहेको तयारीमा रहेकी १९ वर्षीया सवनाम निशाको शव गैडहवा गाउँपालिका वडा–१ साडीको भुझौली भन्ने गाउँमा उनको शव फेला परेको हो ।

    सुख्खा कुलोमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    घटनामा संदिग्ध एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले घटना गम्भीर प्रकृतिको भएका कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको बताए । ‘पोष्टमार्टम रिपोर्टअनुसार घटनाको अनुुसन्धान गर्छौं ।

    चाडै नै दोषीलाई कानुनी दायरामा ल्याउँछौं’ एसपी थापाले भने । मृतका बाबु महोम्मद हिसाहारका अनुसार सोमबार राति खाना खाएपछि छोरी कोठामा सुत्न गएका थिइन् ।

    राति आमाले हेर्दा कोठामा नदेखेपछि खोजी गर्दा नभेटिएको भन्दै उनले भने, ‘मंगलबार पनि दिनभर खोज्यौ फेला पारेनौ तर आज यही भेटियो ।’

    प्रतिकृया दिनुहोस्