Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/१ गते
    १६६ पटक
    नेपालगन्ज ।

    नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० निवासी १३ वर्षिया एक बालिका यौन शोषणमा परेकीछन् । यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा ती बालिका अहिले मृत्युको मुखमा पुगेकी छन् ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कक्षा ८ मा अध्ययनरत एलिना (नाम परिर्वतन) ले पेटमा रहेको गर्भलाई आफै गर्भपतन गर्न खेजेकी थिइन् । गार्भपतन गराउन खोज्दा जथाभावि औषधी सेवन गरेपछि अत्यधिक रक्तश्राव हुँदा उनी मृत्युको मुखमा पुगेकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार, ती बालिकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइसियूमा उपचार भइरहेको छ ।

    ती बालिकाले तीन महिनाको गर्भ फाल्न गर्भपतन गराउने औषधी सेवन गरेपछि अत्यधिक रक्तश्राव हुन पुगेको थियो । एसपी पौडेलले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बाट उद्वार गरि अस्पताल भर्ना गरेको बताए ।

    ‘प्रहरीले गस्ती गर्दैगर्दा विरामी बालिका रोइकराई रहेको अवस्थामा फेला पारेको हौं । बालिका र उनको परिवारसंग कुरा बुझ्दा बालिकाको अवस्था गम्भीर भएकाले तत्काल भेरी अस्पताल उपचारका लागि ल्यायौं ।’

    एसपी अरुण पौडेलले भने ‘बालिकाले असुरक्षित गर्भपतन गराउदाँ उनको अत्यधिक रक्तश्राव भएको रहेछ । भेरीमा उपचार हुननसकेपछि उनलाई थप उपचारका लागि कोहलपुर लगेका हौं । अहिले बालिका आइसियुमा छिन् । घटनाको गहन अनुसन्धान भइरहेकोछ ।’

    १३ वर्षिय बालिका के कसरी गर्भवती भइन् र उनलाई कसले वा कसरी गर्भपतन गराउन खोज्यो अनुसन्धान भइरहेको एसपी पौडेलले बताए ।
    रगतको कमी भएकी बालिकालाई बचाउन यतिवेला चौतर्फी सहयोगको माग गरिएकोछ । एवी नेगेटिभ रगत समूहकी ती बालिकालाई रगत दान गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।

    अत्याधिक रक्तश्रावपछि उनको शरीरमा रगतको मात्रा कमि भएको अस्पतालले जनाएकोछ । अस्पतालका अनुसार, उनको शरीरमा २.४ पिन्ट रगत मात्र रहेकोछ ।

    गर्भपतनको औषधी सेवन गरेकी ती वालिकालाई अत्यधिक रक्तश्राव भएपछि नेपालगन्ज भेरी अस्पतालमा उपचारका लागि ल्याइको थियो ।
    मङ्गलबार दिउँसो भेरी अस्पतालमा उपचारार्थ बालिका एलिनाको उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि कोहलपुर लगिएको होे ।

    #सेतोखरीबाट साभार गरिएको ।

    प्रतिकृया दिनुहोस्