Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/१ गते
    २९ पटक
    काठमाडौं ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि आगामी तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी बुलेटिन प्रकाशित गरेको छ । बुलेटिनमा मौसम सम्बन्धी यस्तो पूर्वानुमान गरिएको छ :

    बुधबार— देशको पूर्वी र मध्य भूभाग तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बांकी भूभागमा मौसम सफा हुनेछ । देशका पूर्वी र मध्य भूभागका थोरै स्थान र पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।

    राति देशका पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सफा हुने तथा देशका पूर्वी भूभागका एक दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

    विहीबार — दिउँसो देशको पूर्वी र मध्य भूभाग तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बांकी भूभागमा आंशिक बदली रहनेछ । देशका पूर्वी र मध्य भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

    राति देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने तथा बांकी भूभागमा मौसम सफा हुने देखिन्छ । देशका पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

    शुक्रबार— दिउँसो देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बांकी भूभागमा मौसम सफा हुने देखिन्छ । देशका पूर्वी र पश्चिर्मी पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

    राति देशका पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सफा हुने देखिन्छ । देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

    प्रतिकृया दिनुहोस्