Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/१ गते
    २२ पटक
    नयाँ दिल्ली ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रल्हाद मोदी मंगलबार जयपुरमा एउटा प्रहरी स्टेशनको अगाडि धर्नामा बसे । एक प्रहरी अधिकारीले बताएअनुसार उनी आफ्नो साथमा बसिरहेका सुरक्षाकर्मीको लागि छुट्टै गाडीको माग गरिरहेका थिए ।

    प्रहरीका अनुसार उनी जयपुर–अजमेर राष्ट्रिय राजमार्गमा बागरु प्रहरी स्टेसनको सामुन्नेमा एक घण्टासम्म धर्नामा बसेका थिए ।\

    जयपुर प्रहरीका कमिसनर आनन्द श्रीवास्तवले समाचार एजेन्सी पीटीआइलाई बताएअनुसार उनको साथमा जानका लागि बागरु प्रहरी स्टेशनका दुई जना सुरक्षाकर्मी पनि तैनाथ गरिए ।

    त्यसपछि प्रल्हाद राजी भए । नियम अनुसार नै दुई सुरक्षाकर्मीलाई उनको साथ पठाइयो । (बीबीसीबाट)

    प्रतिकृया दिनुहोस्