Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/३१ गते
    ९७ पटक
    नेपालगन्ज ।

    बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बाइपासमा रोकिराखेका दुई बसमा भिषण आगलागि भएको छ । ग्यारेजमा रोकी राखेका दुई वटा बस आगलागिका कारण जलेर खरानी भएको छ ।

    ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बेल्डिङ गर्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

    बसमा आगलागि भएलगत्तै नेपालगन्ज र कोहलपुर बारुण यन्त्रलाई खबर गरिएको थियो । खबर पाए लगत्तै घटनास्थलमा पुगेका दुई वटा दमकलले बसमा लागेको आगलागी नियन्त्रणमा लिएका थिए ।

    स्थानीय, दमकल कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको अथक प्रयास पछि आगो नियन्त्रणमा आएको थियो । आगलागीका कारण कति क्षती भएको भन्ने विवरण अनुसन्धान पछि खुल्ने प्रहरीले जनाएको छ ।

    आगलागीका कारण अन्य दुई बसमा समेत सामान्य क्षती भएको छ ।

    प्रतिकृया दिनुहोस्