Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/३० गते
    २३ पटक
    रुपन्देही ।

    प्रदेश नम्वर ५ को प्रदेश समन्वय परिषदको बैठक रुपन्देहीमा सुरु भएको छ ।

    स्थानीय तह र प्रदेश सरकारबीचको सम्बन्ध बढाउने उद्देश्यले आयोजित बैठकमा प्रदेशका १ सय ९ तहकै प्रमुख, उपप्रमुख, १२ जिल्लाकै जिल्ला समन्वय समिति संयोजक प्रदेश सरकारका मन्त्री तथा प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको छ।

    बैठक चालू आर्थिक वर्षको बजेट कार्यान्वयन, राजश्व बाँडफाँडको रकम सञ्चित कोषमा संकलन तथा आगामी वर्षका लागि राजश्व प्रक्षेपणमा केन्द्रित हुनेछ ।

    कतिपय क्षेत्रमा दोहोरो बजेट हुँदा काम गर्न समस्या भएको तथा स्थानीय तहले उठाएको राजश्व प्रदेश सरकारको सञ्चित कोषमा पठाएका बारेमा पनि बैठकमा छलफल हुदै छ ।

    बैठकको प्रारम्भ गर्दै समन्वय परिषदका अध्यक्ष तथा मुख्यमन्त्री शंकर पोखरेलले चालु बर्षको बजेट कार्यान्वयको अन्तिम अवस्थमा पनि कसरी प्रभावकारी बनाउन सकिन्छ र आगामी बषृको बजेट बनाउदा के के कुरालाई बिशेष प्राथमिकता दिने भन्नेमा एक रुपता दिन बैठक आयोजना गरेको बताए ।

    प्रदेश योजना आयोगले आवधिक योजना अन्तिम चरणमा पुर्याएकाले अवका योजना र बजेट त्यही योजनालाई आधारमा राखेर बनाउन स्थानीय तहका प्रमुखहरुलाई आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्