Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/३० गते
    २९२ पटक
    कोहलपुर ।

    बाँकेको राप्तीसोनारी गाउँपालिका १ मा आइतबार साँझ सवारी दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ भने ३ जना गम्भिर घाइते भएका छन् ।

    जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारी अनुसार पूर्व–पश्चिम राजमार्गको कुसुम मोडमा कोहलपुरबाट लमहीतर्फ जाँदै गरेको रा १ क ८५० नम्बरको ट्रकले सोही दिशातर्पm जाँदै गरेको भे ६ प ९८२३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा सो मोटरसाईकल अनियन्त्रित भई विपरित दिशाबाट आईरहेको साईकल यात्रीलाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा परेर साइकलमा सवार राप्तीसोनारी–१ बाँसखोलीका ४५ वर्षिय गोबिन्द कुमालको मृत्यु भएको छ ।

    सोही दुर्घटनामा परेर मोटरसाइकलमा चालक सोही ठाँउका २३ वर्षिय बिनोद ओली, २६ वर्षिय भिमबहादुर कुमाल र २२ वर्षिय गणेश कुमाल गम्भीर घाइते भएका छन् ।

    घाइते वली र भिमबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटना पछि गम्भीर घाइते भएका ४ जनालाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुराए लगत्तै साईकल यात्री गोबिन्दको मृत्यु भएको थियो ।

    घाइते वली र भिमबहादुरको अवस्था चिन्तानक रहेकोले दुबैलाई आईसियुमा राखेर उपचार भई रहेको छ ।

    #File Photo

     

    प्रतिकृया दिनुहोस्