Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/२७ गते
    २२१ पटक
    नेपालगन्ज ।

    बाँकेको नेपालगन्जमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको वातावरण तथा सरसफाई शाखामा कार्यरत कर्मचारी शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।

    उप–महानगरपालिकाको फोहर संकलन गर्ने टिपरको चालकका रुपमा ज्यालादारीमा कार्यरत रुपेश कुमार तुलाधरको शव जिल्ला समन्वय समिति बाँकेको कार्यालयको पछाडितर्फ फेला परेको हो ।

    तुलाधरको शव घोप्टोमुखी भएर पल्टीरहेको अवस्थामा घाँस काट्नेहरुले देखेपछि जिल्ला समन्वय समितिका सुरक्षा गार्डलाई खबर गरेका थिए । लगत्तै समन्वय समितिबाट प्रहरीलाई खबर गरेर हेर्दा तुलाधर मृत अवस्थामा रहको थाहा लागेको थियो ।

    तुलाधरको अनुहारको दायाँ भागमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । मृतक तुलाधरको हातमा कलम र गाडीको चाबी कसिलो गरी समातेको देखिएको छ । तुलाधर मृत भेटिएको ठाउँ वरपर झ्याङ् रहेको छ ।

    जहाँ खासै मानिसहरुको आवजाउ हुँदैन । प्रहरीले शवलाई पोस्टमार्टमका लागि भेरी अस्पतालमा लगेको छ । अन्दाजी ४० बर्षीय तुलाधर नेपालगन्ज वडा नं. ३ का स्थायी बासिन्दा हुन् । तुलाधरको मृत्युको कारणबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्