Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/२५ गते
    ११७ पटक

    भारतको राजस्थानमा दलित महिलामाथि श्रीमानकै अगाडि सामूहिक बलात्कार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    राजस्थानको अलवर जिल्लामा गत अप्रिल २६ मा यो घटना भएको तर भिडियो भने हालसालै सार्वजनिक भएको हो । दलित अधिकारकर्मीहरुले प्रहरीले दोषीलाई कारबाही नगरेपछि दोषीले नै भिडियो सार्वजनिक गरेको आरोप लगाएका छन् ।

    दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै दलित संगठनहरुले अलवरमा प्रदर्शन जारी राखेका छन् । दम्पतीलाई बाटो छेकेर एकान्त ठाउँमा लगेर केही युवाले ती महिलालाई बलात्कार गरेका थिए ।

    प्रतिकृया दिनुहोस्